चन्द्र ढकालद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्धवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदावारी दर्ता गराएका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा तथा […]

Continue Reading

कोरोना कहर तर रेमिट्यान्समा छैन असर

यो वर्षको साउन र भदौ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स ८ दशमलव १ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ। कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाएको र कामको खोजीमा विदेशिने संख्या करिब ठप्प […]

Continue Reading

नेप्से झण्डै १४ अंकले बढ्यो

आज कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से  बढेको छ ।  १३ अंकले हिजो बढेको नेप्से आज पनि १३ दशमलव ९४ अंकले उकालो लागेको छ । नेप्से १५ सय ९७ दशमलव ७१ विन्दुमा उक्लिएको छ । आज कारोबार भएकामा होटल, जलविद्युत, वित्त र उत्पादन तथा प्रशोधन समूह घटे पनि अरु सबै […]

Continue Reading

उद्योग वाणिज्य महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । कोरोनाको कारण पटक पटक रोकिएको महासंघको आगामी ५४ औँ महाधिवेशन आउँदो मंसिर ११ र १२ गतेको लागि मिति तोकिएको छ । चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिएको थियो । पछि साउनमा निर्वाचन गर्ने भनिएपनि कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण २ पटकसम्म […]

Continue Reading

सौर्य एयरलाइन्सले भित्रायो नयाँ साझेदारका रूपमा भारतीय कुवेर समूहलाई

विगत १० महीनादेखि सेवा ठप्प भएको निजीक्षेत्रको सौर्य एयरलाइन्सले भारतीय कुवेर समूहलाई नयाँ साझेदारका रूपमा भित्र्याएको छ । नयाँ साझेदार भित्रयाएसँगै सौर्यले बुधवारदेखि नियमित उडान पनि शुरू गर्ने भएको छ । कम्पनीले भारतीय कुवेर समूहलाई ४९ प्रतिशत शेयर दिएर भित्र्याएको हो । कम्पनीमा ५१ प्रतिशत शेयर नेपाली समूहकै रहेको छ । विद्यमान कानूनअनुसार आन्तरिक उडानका […]

Continue Reading