नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै

नेकपा दाहाल-नेपाल समूहले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निणर्यलाई बदर गरेसँगै दाहाल-नेपाल पक्ष छलफलमा जुटेको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि आगामी रणनीति तय गर्न छलफलका लागि सांसदहरुलाई बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । […]

Continue Reading

के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो : गोकुल बास्कोटा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ(आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली […]

Continue Reading

सर्वोच्चको फैसलालाई स्वागत गर्दै सभापति देउवाले भने- ‘मैले पहिल्यैदेखि भनेको थिए…’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले आफूले शुरुदेखिनै सर्वोच्चलाई फैसला गर्न स्वतन्त्र रुपमा छोड्न जोड दिँदै आएको बताए । “सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो।” सभापति देउवाले भनेका छन् । […]

Continue Reading

संसद् पूनःस्थापना भए प्रचण्ड र माधवजी हल बाँधेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना नहुने ठोकुवा गरेका छन् तर, केहीगरी पूनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने टिप्पणी गरेका छन् । आइतबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं उनले यस्तो बताएका हुन् । उनले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको […]

Continue Reading

सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमा उँचो गरेको छ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर आफ्नो गरिमा उँचो गरेको जनाएका छन् । आज साँझ सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय सुनाएपछि भटट्राईले अदालतले तीन करोड नेपालीको सम्मान प्राप्त गरेको प्रतिक्रिया जनाएका छन् । “सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उँचो गरेको छ । […]

Continue Reading