गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा सोमबार चितवनबाट पक्राउ परेकी महिलाले हत्या गरेको स्वीकार गरेकी छिन् । पक्राउ परेकी कल्पना शाहीले प्रारम्भिक सोधपुछमा आफूले एक्लै हत्या गरेको बयान दिएकी छिन् । मंगलबार बिहान काठमाडौं ल्याएपछि शाही आफैले हत्या भएको स्थानमा पुर्याएको प्रहरीले जनाएको छ। शाहीले अण्डकोषमा हम्मरले प्रहार गरि हत्या गरेको र पछि शव व्यवस्थापन गर्न टाउको र खुट्टा काटिएको बताएकी छिन् । शाहीले आफू डिप्रेसनको बिरामी भएको र बोहराले पटक-पटक यौन दुर्व्यवहार गरेकाले सहन नसकी हत्या गरेको बताएकी छिन् । शवलाई सुटकेश र झोलामा राखेर सडकसम्म ल्याउन शाहीलाई छोरीले सहयोग गरेको खुलेको छ । उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले काठमाडौँ ल्याएको छ ।
गोंगबु हत्या प्रकरण : बोहरालाई विष खुवाएर हत्यापछि घाँटी र खुट्टा काटी फालिएको खुल्यो
गोंगबु हत्या प्रकरण : शवको सनाखत भयो , थप तथ्य पत्ता, एक घर सील !